ग्लोबल


हनिमुन हत्या प्रकरण: सोनम लुकेको भवनका मालिक र गार्ड पनि पक्राउ

हनिमुन हत्या प्रकरण: सोनम लुकेको भवनका मालिक र गार्ड पनि पक्राउ

राजा रघुवंशीको हत्यापछि सिलोम र बल्लुले सोनमलाई भवनमा आश्रय दिएका थिए।


नेपालखबर
असार ९, २०८२ सोमबार ११:१९, काठमाडौँ

मेघालय हनिमुन हत्या प्रकरणमा शिलोङ प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश इन्दौरका यातायात व्यवसायी राजा रघुवंशी मारिएको घटनामा प्रहीले उनकी पत्नी लुकेर बसेको भवनका मालिक र गार्डलाई पनि नियन्त्रणमा लिएको हो।

शिलोङ प्रहरीले यस इन्दौरका घरजग्गा व्यापारी सिलोम जेम्स र उनको भवनका गार्ड बलवीर उर्फ ​​बल्लुलाई पक्राउ गरेको हो।

मेघालयमा पति राजा रघुवंशीको हत्यापछि सोनम इन्दौर फर्केर बन्दै गरेको एउटा नयाँ भवनमा फ्याट नै भाडामा लिएर १४ दिन बसेकी थिइन्। 

जुन भवन सिलोमको हो भने सोनम बसेका बेला गार्ड बल्लु ड्युटिमा खटिएका थिए। 

हत्यापछि मेघालयबाट इन्दौर फर्किंदा सोनमले एउटा कालो ब्याग लिएर आएकी थिइन्। जसमा हत्याका प्रमाण रहेको आशंका प्रहरीले गरेको थियो।

जुन झोला भवन मालिक सिलोमले चौकीदार बल्लुलाई दिएको र उनले जलाएर नष्ट पारेको आरोप प्रहरीले लगाएको छ।  

यसअघि उक्त हत्या प्रकरणमा प्रहरीले सोनम र उनका प्रेमी राज कुशवाहासहति पाँच जनालाई हिरासतमा लिइसकेको छ। 

त्यसो त यसबीच सोनमकै दाइ गोविन्दा रघुवंशीअलका नामकी युवती पनि शंकाको घेरामा परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad