भारतीय राज्य गुजरातको सुरतमा छतले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ।
१२ घण्टादेखि जारी उद्धारका क्रममा अहिलेसम्म ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए।
भग्नावशेष हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ।
बीबीसी हिन्दीका अनुसार गुजरात सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको हो।
यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको हो। घर ढल्दा वरपर बस्ने मानिसहरूले भूकम्प आएको हो कि भन्ने सोचेका थिए।
आवाज सुनेपछि मानिसहरू घरबाट बाहिर निस्कँदा नजिकैको भवन भत्किएको देखे।
228
Shares
प्रतिक्रिया