ad ad

ग्लोबल


भारतको उत्तराखण्डमा गाडी नदीमा खस्दा १२ जनाको मृत्यु

भारतको उत्तराखण्डमा गाडी नदीमा खस्दा १२ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
असार १, २०८१ शनिबार २१:३२, काठमाडौँ

भारतस्थित उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा शनिबार टेम्पो ट्राभलर सडकबाट चिप्लिएर अलकनन्दा नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ। 

१० जनाको घटनास्थलमै र २ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार टेम्पोमा २६ यात्रु सवार थिए। दुर्घटनापछि १६ जना घाइतेको उद्धार गरिएको छ। ७ घाइतेलाई हेलिकप्टरबाट एम्स ऋषिकेशमा भर्ना गरिएको छ भने ९ घाइतेलाई रुद्रप्रयाग जिल्ला अस्पताल लगिएको छ।

रुद्रप्रयाग प्रकोप व्यवस्थापन अधिकारी नन्दनसिंह राजवारका अनुसार टेम्पो ट्राभलर दिल्लीबाट आउँदै थियो, यात्रुहरू बद्रीनाथ जाँदै थिए। 

शनिबार बिहान करिब ११ बजे रैतोली गाउँ नजिकै दुर्घटना भएको राजवारले बताए। गाडी सडकबाट चिप्लिएर करिब २५० मिटर तल अलकनंदा नदीमा खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .