ad ad

ग्लोबल


दिल्लीमा मोदीको शपथ भइरहँदा कस्मिरमा तीर्थयात्रीको बसमा आतंकवादी हमला, १० जनाको मृत्यु

चालकलाई गोली लाग्दा बस खाल्डोमा खस्यो
दिल्लीमा मोदीको शपथ भइरहँदा कस्मिरमा तीर्थयात्रीको बसमा आतंकवादी हमला, १० जनाको मृत्यु

आतंककारी हमलाका कारण खाल्डोमा खसेको बस


नेपालखबर
जेठ २७, २०८१ आइतबार २१:४६, काठमाडौँ

जम्मु–कस्मिरको रियासीमा भक्तजन बोकेको बसमा आइतबार साँझ आतंककारीले आक्रमण गरेका छन्। घटनामा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिइरहेका बेला रियासी जिल्लाको कांडा क्षेत्रमा यो आतंकवादी हमला भएको हो।

रियासी एसएसपी मोहिता शर्माले प्रारम्भिक रिपोर्टका अनुसार शिव खोडीबाट कटरा जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका हुन्। जसका कारण चालक घाइते भए र बस खाल्डोमा खस्यो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र ३३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

बसमा सवार अन्य यात्रुको उद्धार गरिएको मोहिता शर्माले बताए। यात्रुहरुको पहिचान हुन सकेको छैन। अधिकांश भक्त उत्तर प्रदेशका छन्। शिव खोडी मन्दिर माता वैष्णोदेवीको आधार शिविर हो। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .