ग्लोबल


मोदीले लिए तेस्रो कार्यकालको शपथ

६६ मन्त्रीको जम्बो क्याबिनेट
मोदीले लिए तेस्रो कार्यकालको शपथ

नेपालखबर
जेठ २७, २०८१ आइतबार १९:४५, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन्।

राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन्।

नरेंद्र मोदी

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्। मोदीले शपथ लिएपछि दोस्रो नम्बरमा राजनाथ सिंह र तेस्रो नम्बरमा अमित शाहले शपथ लिएका छन्। सिंह अघिल्लो मन्त्रीमण्डलमा रक्षा मन्त्री थिए भने शाह गृहमन्त्री थिए। उनीहरुलाई मोदीका निकट सहयोगी मानिन्छ।

त्यस्तै नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सीतारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन्। मोदीसँगै ६६ मन्त्रीले शपथ लिएका छन्। गठबन्धन सरकार चलाउन मोदीले जम्बो आकारको मन्त्रीमण्डल बनाएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad