ad ad

ग्लोबल


दिल्लीको एक कारखानामा भीषण आगलागी, ३ जनाको मृत्यु (भिडिओ)

दिल्लीको एक कारखानामा भीषण आगलागी, ३ जनाको मृत्यु (भिडिओ)

घटनास्थल


नेपालखबर
जेठ २६, २०८१ शनिबार १०:१३, काठमाडौँ

भारतको राजधानी दिल्लीको नरेला औद्योगिक क्षेत्रको एक कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीका कारण तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

नरेला औद्योगिक क्षेत्रमा रहेको मुग दाल सुकाउने कारखानामा शनिबार बिहान ३ः३० बजे भीषण आगलागी भएको हो। 

खबर पाएलगत्तै प्रहरी र दमकलसहितको टोलीले आगलागीमा फसेका नौ कर्मचारीलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो, तीमध्ये तीन जनालाई मृत घोषित गरिएको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा श्याम, रामसिंह र वीरपाल छन्। घाइतेहरूलाई सफदरजंग अस्पतालमा रिफर गरिएको छ।  

कारखानाको ग्यास बर्नरमा काँचो मुग भुटेको पाइपलाइनमा ग्यास चुहिएर आगो फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जसका कारण कम्प्रेसर तातेर विस्फोट भएको थियो।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .