ad ad

ग्लोबल


विमान दुर्घटनामा अपोलो ८ मिसनका प्रसिद्ध अन्तरिक्ष यात्री बिल एन्डर्सको निधन

विमान दुर्घटनामा अपोलो ८ मिसनका प्रसिद्ध अन्तरिक्ष यात्री बिल एन्डर्सको निधन

नेपालखबर
जेठ २६, २०८१ शनिबार १०:२९, काठमाडौँ

अपोलो ८ अन्तरिक्ष यात्री बिल एन्डर्सको निधन भएको छ।

अधिकारीहरूका अनुसार एन्डर्स सवार विमान उत्तरी सिएटल, वासिङ्टनमा उडिरहेको बेला दुर्घटनाग्रस्त भएको हो। 

बीबीसीका अनुसार एन्डर्सका छोरा ग्रेगले आफ्नो बुबा सानो विमानमा सवार रहेको पुष्टि गरे। उनको शव शुक्रबार फेला परेको हो।

परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ- हामी गहिरो पीडामा परेका छौँ। उहाँ एक महान् पाइलट हुनुहुन्थ्यो। उहाँलाई सधैँ सम्झिनेछौँ। 

एन्डर्स ९० वर्षका थिए। उनलाई बाह्य अन्तरिक्षको सबैभन्दा प्रसिद्ध फोटो खिच्ने श्रेय दिइन्छ।

अमेरिकाको अपोलो मिसनमा लुनार मोड्युल पाइलट एन्डर्सले पृथ्वीको सबैभन्दा चर्चित तस्बिरमध्ये एक आफ्नो क्यामेरामा कैद गरेका थिए।

यो बाह्य अन्तरिक्षमा खिचिएको सबैभन्दा प्रेरणादायक र यादगार तस्बिर मानिन्छ।

सन् १९६८ मा क्रिसमसको एक दिनअघि सुरु गरिएको अपोलो मिसन चन्द्रमामा पुग्ने पहिलो मिसन थियो।

एन्डर्सको तस्बिरमा चन्द्रमा यसको बाँझो सतहबाट क्षितिजभन्दा माथि उठेको देखिन्छ।

एन्डर्सले पछि यो फोटोलाई अन्तरिक्ष कार्यक्रममा आफ्नो सबैभन्दा महत्त्वपूर्ण योगदानको रूपमा वर्णन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .