ad ad

ग्लोबल


केरलाः प्रेमीले दाइजो मागेपछि डाक्टर युवतीले गरिन् आत्महत्या, लेखिन्- सबैलाई पैसा मात्रै चाहिन्छ

केरलाः प्रेमीले दाइजो मागेपछि डाक्टर युवतीले गरिन् आत्महत्या, लेखिन्- सबैलाई पैसा मात्रै चाहिन्छ

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ७:२५, काठमाडौँ

भारतीय राज्य केरलामा दाइजोको मागबाट हैरान भएकी २६ वर्षीया डाक्टर शाहानाले आत्महत्या गरेकी छन्। 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले सुसाइड नोटमा लेखेकी छन्– सबैलाई पैसा मात्र चाहिन्छ। 

युवतीको बिहे प्रेमी डा. रुवैससँग तय भएको थियो।

रुवाईसको परिवारले बीएमडब्ल्यू कार, १५ एकड जग्गा, सुन मागेको र नपाएपछि विवाह तोडेको आरोप छ। प्रहरीले दाइजो ऐनमा मुद्दा दर्ता गरी केटालाई नियन्त्रणमा लिएको छ।

दाइजोका कारण भारतमा हरेक दिन १७ महिलाको मृत्यु हुन्छ।

राष्ट्रिय अपराध अभिलेख ब्युरोको प्रतिवेदनअनुसार सन् २०२२ मा ६ हजार ५१६ छोरीले दाइजोका कारण ज्यान फालेका छन्।

सन् २०२२ मा मात्रै देशका विभिन्न प्रहरी थानामा १४ लाख ४ हजार ५९३ दाइजो दुर्व्यवहारका मुद्दा दर्ता भएको दैनिक भास्करले लेखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .