भारतको हैदराबादस्थित रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) को उन्नत नौसेना प्रणालीले के-६ हाइपरसोनिक मिसाइल विकास भइरहेको छ।
भारतीय सञ्चारमाध्यमको दाबीअनुसार यो मिसाइल ब्रह्मोस भन्दा बढी घातक हुनेछ। यो विशेष गरी उन्नत एस-५ वर्गको आणविक-सञ्चालित पनडुब्बीहरूका लागि डिजाइन गरिएको हो। यो अरिहन्तभन्दा ठूलो आणविक-सञ्चालित एस-५ पनडुब्बी १२ मिटर लामो, दुई मिटर चौडा र दुईदेखि तीन टन वारहेड बोक्न सक्षम हुनेछ।
रिपोर्टअनुसार, यो मिसाइलको चाँडै परीक्षण हुने अपेक्षा गरिएको छ। पनडुब्बी प्रक्षेपित ब्यालिस्टिक मिसाइल (एसएलबीएम) के-६ पनडुब्बीबाट प्रक्षेपण गर्न सकिन्छ।
के-६ मिसाइलको विकासपछि भारत हाइपरसोनिक मिसाइल भएका देशहरूको सूचीमा समावेश हुने दाबी गरिएको छ।
627
Shares

प्रतिक्रिया