समाज


३२ वर्षीय युवकको बीभत्स हत्या

३२ वर्षीय युवकको बीभत्स हत्या

नेपालखबर
असार १३, २०८२ शुक्रबार ६:५३, सप्तरी

सप्तरीमा एक युवकको बीभत्स हत्या भएको छ।

 राजगढ गाउँपालिका–४ प्रिपाहीमा घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको हत्या भएको अवस्थामा बिहीबार शव फेला परेको हो। 

हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेको निमित्त प्रहरी प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। 

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटिएको बस्नेतले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad