ग्लोबल


भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण

भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण

नेपालखबर
बैशाख २०, २०८२ शनिबार १८:१, काठमाडौँ

पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ।

यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो, जसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निशाना बनाउन सक्छ।

बीबीसी उर्दुका अनुसार, पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ- यो क्षेप्यास्त्र प्रहार गर्नुको उद्देश्य सैनिकहरूको तयारी सुनिश्चित गर्नु र क्षेप्यास्त्रको प्राविधिक विशेषताहरूको परीक्षण गर्नु हो, जसमा यसको उन्नत नेभिगेसन प्रणाली पनि समावेश छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज शरिफ र सेना प्रमुखहरूले सहभागी सैनिक, वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिएका छन्।

जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच विवाद चरम सीमामा पुगेको छ।

दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी जवाफ दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad