ग्लोबल


चीनले बनायो गैरपरमाणु हाइड्रोजन बम

चीनले बनायो गैरपरमाणु हाइड्रोजन बम

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १३:१५, काठमाडौँ

चिनियाँ वैज्ञानिकहरूले नयाँ हतियार बनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नयाँ हतियार गैरपरमाणु हाइड्रोजन बम हो, जसको अर्थ यो परमाणु सामग्रीबिना नै बनाइएको हो।

चिनियाँ अनुसन्धानकर्ताहरूले हाइड्रोजन-आधारित विस्फोटक उपकरणको सफलतापूर्वक परीक्षण गरेर यो सफलता हासिल गरेका छन्।

गत महिना प्रकाशित एक अध्ययनमा यो जानकारी दिइएको हो।

यो हाइड्रोजन बम चाइना स्टेट सिपबिल्डिङ कर्पोरेसन (सीएसएससी) को ७०५ रिसर्च इन्स्टिच्युटले बनाएको हो।

यो संस्थान पानीमुनि प्रयोग हुने हतियार निर्माणका लागि परिचित छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार परीक्षणका क्रममा दुई किलोग्राम (४.४ पाउन्ड) बमले १,००० डिग्री सेल्सियसको आगोको गोला सिर्जना गरेको थियो।

यो आगोको गोला दुई सेकेन्डभन्दा बढी समयसम्म रह्यो। यो बम बनाउन कुनै पनि आणविक पदार्थ प्रयोग गरिएको छैन। यो बम म्याग्नेसियममा आधारित ठोस हाइड्रोजन भण्डारण सामग्रीबाट बनेको छ।

यसलाई म्याग्नेसियम हाइड्राइड भनिन्छ। यो चाँदी रङको पाउडर हो। यो पाउडरले प्रेसराइज्ड ट्यांकीभन्दा बढी हाइड्रोजन भण्डारण गर्न सक्छ।

वैज्ञानिकहरूका अनुसार यो हाइड्रोजन बमले धेरै गर्मी उत्पन्न गर्न सक्छ। किनभने यसबाट निस्कने आगोको गोला धेरै तातो हुन्छ।

यो यति तातो छ कि यसले आल्मुनियम पनि पगाल्न सक्छ। यो टीएनटी विस्फोटभन्दा धेरै लामो समयसम्म टिक्छ। टीएनटी फायरबल केवल ०.१२ सेकेन्ड टिक्छ, तर परीक्षणमा यो हाइड्रोजन बम फायरबल दुई सेकेन्डसम्म टिक्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad