ad ad

ग्लोबल


टिकटक लाइभमा कसले धेरै रक्सी खाने भनी प्रतिस्पर्धा गर्ने व्यक्तिको मृत्यु

टिकटक लाइभमा कसले धेरै रक्सी खाने भनी प्रतिस्पर्धा गर्ने व्यक्तिको मृत्यु

नेपालखबर
जेठ १४, २०८० आइतबार ८:३२, काठमाडौँ

टिकटकको चिनियाँ संस्करणमा टिकटक लाइभ बसेर धेरै कसले धेरै रक्सी पिउने भनी प्रतिस्पर्धा गर्ने एक व्यक्तिको मृत्यु भएको छ।

धेरै बोतल रक्सी पिएर लाइभ-स्ट्रिमिङ गरेको केही समयपछि उनको मृत्यु भएको हो।

३४ वर्षीय टिकटक प्रयोगकर्ता, जसको नाम टिकटकमा सेनगुइन रहेको छ, उनी १६ मेमा टिकटक लाइभमा केही अन्य प्रयोगकर्तासँग कसले धेरै रक्सी खान सक्छ भन्दै प्रतिस्पर्धामा बसेका थिए। लाइभमा उनले चिनियाँ रक्सी बैजु पिएका थिए। त्यसको १२ घण्टाभित्र उनको मृत्यु भएको सीएनएनले जनाएको छ।

चिकित्सकको रिपोर्टमा उनको शरीरमा ३० देखि ६० प्रतिशतसम्म अल्कोहलको मात्रा पाइएको सीएनएनले उल्लेख गरेको छ।

मृतकका एक साथीले बताएअनुसार मृत्यु हुने व्यक्तिको सक्कली थर वाङ रहेको छ। 

टिकटक लाइभमा यस्ता अनेक प्रतियोगिता हुने गरेका छन्। जसमा प्रयोगकर्ताहरूबीच विभिन्न विषयमा प्रतिस्पर्धा हुन्छ। सामान्यतया यस्तो प्रतिस्पर्धामा जित्ने व्यक्तिलाई अन्य दर्शक बनेर लाइभ हेरिरहेका टिकटक युजर्सले 'गिफ्ट' दिने गर्छन्।

उक्त घटनासँग चीनमा टिकटकलाई कसरी नियमन गर्ने बहस सुरु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .