पाकिस्तानका गृहमन्त्री सैयद मोहसिन नक्वीले बिहीबार तेहरानमा इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका छन्।
इरानी सरकारले जारी गरेको विज्ञप्ति नुसार भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका मुद्दामा छलफल भएको छ।
उक्त भेट इरान र संयुक्त राज्य अमेरिकाले पाकिस्तानको मध्यस्थतामा स्थायी युद्धविरामका लागि वार्ता पुनः सुरु गर्न सन्देश आदानप्रदान गरिरहेका बेला भएको हो।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी बुधबार तेहरान पुगेका हुन्।
यसअघि उनले मे महिनाको दोस्रो हप्ता पनि इरानको भ्रमण गरेका थिए। इरानमा चार दिन बिताएर गत मंगलबार मात्र पाकिस्तान फर्किएका थिए।
त्यतिबेला नक्वीले इरानका राष्ट्रपति मसुद पेजेस्कियान, सभामुख मोहम्मद बागेर गालिगाफ र विदेशमन्त्री अब्बास अराघचीलगायतसँग भेटवार्ता थिए।
Shares

प्रतिक्रिया