पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले यही मे २३ देखि २६ सम्म चीनको भ्रमण गर्ने भएका छन्। यस क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली केकियाङसँग भेट गर्नेछन्।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गु जियाकुनले बिहीबार राजधानी बेइजिङमा आयोजित मिडिया ब्रिफिङमा भने, ‘प्रधानमन्त्री सहबाज सरिफ चीनका प्रधानमन्त्री ली केकियाङको निमन्त्रणामा चीन भ्रमण गर्दै हुनुहुन्छ।’
उनका अनुसार सरिफको भ्रमणका क्रममा दुई देशबिच महत्त्वपूर्ण बैठक हुनेछ।
उनले भने, ‘दुवै पक्षले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा घनिष्ठ संवाद र समन्वय गरेका छन्, प्रभावकारी रूपमा आफ्नो साझा हितको रक्षा गरिरहेका छन् र क्षेत्रीय शान्ति, स्थिरता र विकासलाई प्रवर्द्धन गरिरहेका छन्।’
उनले थपे, ‘चीनको आशा छ- दुवै पक्षले यो भ्रमणलाई परम्परागत मित्रतालाई अगाडि बढाउने, सबै क्षेत्रमा सहयोगलाई सशक्त बनाउने र नयाँ युगमा साझा भविष्यका साथ घनिष्ठ चीन-पाकिस्तान समुदाय निर्माण गर्ने अवसरका रूपमा लिनेछन्।’
यसअघि हालै मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गरेका छन्।
Shares

प्रतिक्रिया