ग्लोबल


सी र पुटिनको संयुक्त अपिल: विश्व यस्तो हुनुपर्छ

सी र पुटिनको संयुक्त अपिल: विश्व यस्तो हुनुपर्छ

नेपालखबर
जेठ ७, २०८३ बिहिबार ५:५३, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच वार्तापछि दुई देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

संयुक्त विज्ञप्तिमा रुस र चीनले समान र सन्तुलित बहुध्रुवीय विश्व र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्दै अझ न्यायपूर्ण र निष्पक्ष विश्व व्यवस्थाका लागि आह्वान गरेका छन्।

यो प्राप्त गर्न दुवै देशले अन्तर्राष्ट्रिय समुदायलाई केही आधारभूत सिद्धान्त अपनाउन आग्रह गरेका छन्। 

जुन यस प्रकार छन्:

-विश्व यस्तो हुनुपर्छ, जहाँ सबै देश मिलेर काम गरून् र सबैलाई फाइदा होस्।

-प्रत्येक देशको सुरक्षालाई समान महत्त्व दिनुपर्छ।

-विश्व निर्णयमा धेरै देशको सहभागिता होस् र व्यवस्था अझ राम्रो बनोस्। 

-विश्वका विविध संस्कृति र सोचको सम्मान

रुस र चीनले बहुध्रुवीय विश्व र न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धका लागि मिलेर काम गरिरहने उल्लेख गरेका छन्। 

शिखर सम्मेलनका क्रममा चीन र रुसले व्यापार र प्रविधिसँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर गरेका छन्।

सीले चीन र रुसले ‘अधिक न्यायपूर्ण र तर्कसंगत विश्वव्यापी शासन प्रणाली’लाई प्रवर्द्धन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् भने पुटिनले आफूहरूको सम्बन्ध ‘साँच्चै अभूतपूर्व स्तर’मा पुगेको उल्लेख गरेका छन्। 

चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति बेइजिङ पुगेका थिए। बुधबार उनले चीन भ्रमण सम्पन्न गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad