ग्लोबल


पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी

पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी

नेपालखबर
बैशाख २६, २०८३ शनिबार १०:५०, काठमाडौँ

भारतीय राज्य पश्चिम बंगालमा भारतीय जनता पार्टीले पहिलो पटक आज सरकार गठन गर्दै छ। 

हालै भएको विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपाले वर्तमान मुख्यमन्त्री ममता बनर्जीको १५ वर्षे शासन ढालेर आफ्नो सरकार गठन गर्न लागेको हो। 

जहाँ आज भाजपा विधायक दलका नेता शुभेन्दु अधिकारी मुख्यमन्त्री बन्दै छन्। उनले  केही बेरमा पश्चिम बंगालको राजधानी कोलकातामा मुख्यमन्त्री पदवको शपथ खाँदै छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार त्यसअघि वर्तमान मुख्यमन्त्री ममता बनर्जीको कालीघाट निवास बाहिर सीआरपीएफका जवानहरू तैनाथ गरिएको छ। यस्तै शुभेन्दु अधिकारीको चिनार पार्क निवास बाहिर पनि भारी मात्रामा सुरक्षा तैनाथ गरिएको छ।

शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा हुनेछ। त्यहाँ पनि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

शपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो। 

कार्यक्रममा प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमित शाह, एनडीए शासित राज्यका मुख्यमन्त्रीहरू, भाजपाका धेरै जना वरिष्ठ नेता र राज्यभरका कार्यकर्ता उपस्थित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad