ग्लोबल


बिहारको नयाँ मुख्यमन्त्री बन्दै सम्राट चौधरी

बिहारको नयाँ मुख्यमन्त्री बन्दै सम्राट चौधरी

सम्राट चौधरी दुईपटक बिहारका उपमुख्यमन्त्री र भाजपाका बिहार अध्यक्ष भइसकेका छन्।


नेपालखबर
बैशाख १, २०८३ मंगलबार २०:३६, काठमाडौँ

सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। 

यसअघिका मुख्यमन्त्री नितिश कुमारले मंगलबार राजीनामा दिएपछि बिहारमा नयाँ मुख्यमन्त्री चुन्न लागिएको हो। 

राज्यसभा सदस्य पदमा निर्वाचित भएपछि नितिश कुमारले मुख्यमन्त्री पद छाडेका हुन्। 

मंगलबार नै भाजपा विधान दलको नेता चुनिएका सम्राट चौधरीलाई एनडीए गठबन्धनले पनि नेता चुनेको छ। 

योसँगै उनी बिहारको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। 

अब चौधरीले बुधबार (अप्रिल १५) बिहान ११ बजे राज्यपालको निवास, लोक भवनमा मुख्यमन्त्रीका रूपमा शपथ लिने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad