समाज


कास्कीमा गुडिरहेको बसमा आगलागी

कास्कीमा गुडिरहेको बसमा आगलागी

नेपालखबर
बैशाख १, २०८३ मंगलबार २०:४९, काठमाडौँ

कास्कीमा गुडिरहेको बसमा आगो लागेको छ।

मंगलबार अपरान्ह कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी ठुलिबेडीमा बसमा आगो लागेको हो।

बाग्लुङबाट स्याङजा वालिङका लागि गएको ग १ ख ९५६२ नम्बरको बसमा अचानक तार सट भई आगोलागी भएको प्रहरीले जनाएको छ।

सो सम्बन्धी खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको कमाण्डमा गएको प्रहरी टोलीले तत्काल उक्त बसमा सवार ४० जना यात्रुलाई सकुशल उद्दार गरि दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो।

घटनामा मानवीय क्षती नभएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad