समाज


राशिफल २ वैशाख : मेषको समय मध्यम, वृषका अधुरा काम पूरा हुने, तपाईँको दिन कस्तो?

राशिफल २ वैशाख : मेषको समय मध्यम, वृषका अधुरा काम पूरा हुने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
बैशाख २, २०८३ बुधबार ४:४६, काठमाडौँ

आज बुधबार, २ वैशाख २०८३ (१५ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: लाभहानि बराबरी हुने खालको दिन छ। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ। प्रेममा बाधा आउन सक्छ। शेयर बजारले पनि साथ नदेला। मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष: लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन: कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउने छ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ कार्यको थालनी हुनेछ। कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। पुँजी बजारले साथ दिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

सिंह: शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। मनमा अविश्वास उत्पन्न हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। घरपरिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कन्या: नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। चिताएको कामले तीव्रता लिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। धर्मकर्ममा मन लाग्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजनको समेत आनन्द पाइनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सेयर बजारको क्षेत्र मजबुत रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। बन्न लागेको काम बिग्रन सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। कर्मक्षेत्र सङ्घर्षशील रहनेछ। धार्मिक कार्य र तीर्थाटनको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मकर: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। न्यायिक कार्यमा पनि सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: दिन मनोरञ्जनपूर्ण समय रहला। लाभदायक यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। वैदेशिक कार्य सम्पादन हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad