ग्लोबल


इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकाका उपराष्ट्रपतिले छाडे पाकिस्तान

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकाका उपराष्ट्रपतिले छाडे पाकिस्तान

पाकिस्तानबाट अमेरिका फर्किने क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
चैत २९, २०८२ आइतबार ८:४०, काठमाडौँ

इरानसँग २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आफ्नो वार्ता टोलीसहित अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार बिहान पाकिस्तान छाडेका छन्।  

अमेरिका फर्कनुअघि भान्सले पाकिस्तानको राजधानी इस्लामाबादमा पत्रकार सम्मेलन गरी इरानसँग सहमति हुन नसकेको जानकारी गराएका थिए। 

पत्रकार सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति भान्स।

उनले भनेका थिए,‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो। अब हामी सम्झौताबिनै फर्किंदै छौँ।’

उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताए। 

उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’

उता इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए। 

तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो। 

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad