ग्लोबल


पाकिस्तानमा अमेरिका र इरानबिच वार्ता जारी

पाकिस्तानमा अमेरिका र इरानबिच वार्ता जारी

जारी अमेरिका-इरान वार्ताका कुनै तस्बिर अहिलेसम्म सार्वजनिक गरिएको छैन। यो तस्बिर वार्ताअघि इरानी प्रतिनिधिमण्डलको बैठकको हो।


नेपालखबर
चैत २८, २०८२ शनिबार २०:६, काठमाडौँ

पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबिच शान्ति वार्ता भइरहेको छ। 

विज्ञ स्तरमा पुगेको वार्तामा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुन क्षेत्रका व्यक्तिहरू सहभागी छन्।

जारी बैठकमा पाकिस्तानी प्रतिनिधिहरू पनि उपस्थित छन्। 

अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानको नेतृत्व संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्। 

पाकिस्तान सरकारका स्रोतले बीबीसीलाई बताएअनुसार वार्ता स्थानीय समय अपराह्न ४ बजे सुरु भएको थियो। वार्ता इस्लामाबादको सेरेना होटलमा भइरहेको छ।

अहिलेसम्म जारी वार्ताबारे धेरै कुरा सार्वजनिक भइसकेको छैन।

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरान स्थायी शान्तिका लागि आज थप वार्तामा जुटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad