ग्लोबल


अमेरिकासँग शान्ति वार्ता गर्न इरानी प्रतिनिधिमण्डल पाकिस्तानमा

अमेरिकासँग शान्ति वार्ता गर्न इरानी प्रतिनिधिमण्डल पाकिस्तानमा

अमेरिकासँग शान्ति वार्ता गर्न इरानी प्रतिनिधिमण्डल पाकिस्तानमा


नेपालखबर
चैत २८, २०८२ शनिबार ७:५९, काठमाडौँ

अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद आइपुगेको छ।

बीबीसी उर्दुका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको बताएको छ।

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले देशको नुर खान विमानस्थलमा स्वागत गरेका छन्। 

स्वागतमा पाकिस्तानका राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर र आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी पनि उपस्थित थिए।

इरानी वार्ता टोलीलाई स्वागत गर्दै पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर।

इरानका अनुसार इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्।

वार्ता टोलीमा इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसद्का सदस्य पनि छन्।

उता अमेरिकी वार्ता टोलीको नेतृत्व भने अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले गर्दै छन्। 

यसैबिच इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने सर्त राखेका छन्।

उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’

गत मंगलबार राति अमेरिका र इरानबिच २ साताका लागि भएको युद्धविरामपछि पनि इजरायलले लेबननमा भीषण हवाई हमला गरिरहेको छ। 

जसले गर्दा इरान र अमेरिकाबिच युद्धविराम लेबननमा पनि हो वा होइन भन्ने विषयमा विवाद भइरहेको छ। 

यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।

यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad