ग्लोबल


इजरायल-अमेरिकाले घरमै आक्रमण गर्दा घाइते भएका इरानका पूर्वविदेशमन्त्रीको मृत्यु

इजरायल-अमेरिकाले घरमै आक्रमण गर्दा घाइते भएका इरानका पूर्वविदेशमन्त्रीको मृत्यु

इरानका पूर्वविदेशमन्त्री कमल खराजी


नेपालखबर
चैत २७, २०८२ शुक्रबार ११:२६, काठमाडौँ

अमेरिका-इजरायलको हवाई आक्रमणमा घाइते भएका इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार यही अप्रिल १ मा अमेरिका-इजरायलको आक्रमणमा घाइते भएका पूर्वविदेशमन्त्री खराजी बिहीबार बितेका हुन्। 

खराजी इरानी राजनीतिमा सुधारवादी नेता, इरानको विदेश सम्बन्धसम्बन्धी रणनीतिक परिषद्का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनीका सल्लाहकार थिए। 

उनी १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्री थिए। 

समाचार वेबसाइट जमरानका अनुसार अप्रिल १ मा आक्रमणमा परी गम्भीर घाइते भई अस्पतालमा भर्ना भएका थिए।

त्यस दिन राजधानी तेहरानस्थित उनकै घरमै गरिएको हवाई आक्रमणमा उनकी श्रीमतीको भने तत्काल मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad