ग्लोबल


इरानका राष्ट्रपतिले भने: युद्धविराम खामेनीको रगतको प्रमाण

इरानका राष्ट्रपतिले भने: युद्धविराम खामेनीको रगतको प्रमाण

इरानका राष्ट्रपति मसुद पेजेस्कियान


नेपालखबर
चैत २५, २०८२ बुधबार २०:५१, काठमाडौँ

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग भएको युद्धविराम यसअघिका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको रगतको परिणाम भएको बताएका छन्। 

मंगलबार राति अमेरिका र इरानबिच भएको दुई हप्ते युद्धविरामपछि पेजेस्कियानको प्रतिक्रया आएको हो। 

उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘इरानले माग गरेको साझा सिद्धान्त स्वीकार गरेर प्राप्त गरिएको यो युद्धविराम हाम्रा महान् नेता खामेनीको रगतको प्रमाण र मैदानमा रहेका सबैको उपलब्धि हो।’

यसैबिच राष्ट्रपति पेजेस्कियानले इरानका जनतालाई एकताबद्ध रहन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘आजदेखि हामी आउँदा दिनमा पनि एकजुट रहनेछौँ, चाहे त्यो कूटनीतिको क्षेत्र होस् वा रक्षाको क्षेत्र, सडक वा सेवाको क्षेत्र होस्।’

अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा संयुक्त आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेका थिए। हालको उनको स्थानमा उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad