ग्लोबल


इरानी राजदूतको दाबी: युद्ध रोक्न पाकिस्तानको प्रयास महत्त्वपूर्ण मोडमा

इरानी राजदूतको दाबी: युद्ध रोक्न पाकिस्तानको प्रयास महत्त्वपूर्ण मोडमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
चैत २४, २०८२ मंगलबार १४:२५, काठमाडौँ

पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकाद्दमले अमेरिका-इजरायलसँग जारी युद्ध रोक्न पाकिस्तानको प्रयास महत्त्वपूर्ण मोडमा रहेको दाबी गरेका छन्।

उनले एक्समा लेखेका छन्, ‘अमेरिका-इजरायल र इरानबिचको युद्ध रोक्न पाकिस्तानको सकारात्मक र रचनात्मक प्रयास अब महत्त्वपूर्ण मोडमा पुगेको छ।’

यस विषयमा विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने मुकाद्दमले उल्लेख गरेका छन्।

यसबिच इरानले अमेरिकासँग जारी युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने लक्ष्य राखेर पाकिस्तानलाई शान्ति प्रस्ताव पठाएको रिपोर्ट पनि आएको छ।

समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ दिएको हो।

आईआरएनएको रिपोर्टअनुसार इरानको नेतृत्वले लगभग दुई हप्तासम्म गहन समीक्षापश्चात् आफ्नो प्रतिक्रिया पठाएको हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि नेपाली समयअनुसार बुधबार बिहानसम्मको समयसीमा दिएपछि इरानले प्रतिक्रिया दिएको हो।

यस अवधिमा होर्मुज स्ट्रेट नखोलिए इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिने धम्की ट्रम्पले दिएका छन्।

अप्रिल ६ मा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्। तर अमेरिकाको १५-बुँदे योजना अस्वीकार गरेको दाबी गरेका छन्। 

आईआरएनएले लेखेको छ, ‘इरानको दश-अनुच्छेदको जवाफमा विगतका अनुभव उद्धृत गर्दै युद्धविरामको विचार अस्वीकार गरेको छ। बरु यसको सट्टा इरानले आफ्ना सर्तमा स्थायी समाधानमा जोड दिएको छ।’

समाचार एजेन्सीका अनुसार इरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, होर्मुज स्ट्रेटमा सुरक्षित आवतजावतको सम्झौता, पुनर्निर्माण र प्रतिबन्ध हटाइनुपर्नेजस्ता धेरै माग छन्।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति पत्रकार सम्मेलन गरी इरानलाई कडा चेतावनी दिएका छन्। 

उनले भनेका छन्, 'यदि अमेरिकाले चाह्यो भने एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad