भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको इन्स्टाग्राममा १० करोड फलोअर्स पुगेका छन्।
योसँगै यो प्लाटफर्ममा मोदी विश्वमै सबैभन्दा बढी फलोअर्स भएको नेता बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री मोदी २०१४ मा इन्स्टाग्राममा सामेल भएका थिए।
अहिले उनको फलोअर्स संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा दोब्बर बढी छ।
ट्रम्प ४३.२ मिलियन फलोअर्सका साथ विश्वका नेतामा दोस्रो स्थानमा छन्।
ट्रम्पलाई इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले १५ मिलियन फलोअर्सका साथ पछ्याएका छन्।
यसपछि १४.४ मिलियन फलोअर्सका साथ ब्राजिलका राष्ट्रपति लुला लुला चौथो स्थानमा छन्।
अनि टर्कीका राष्ट्रपति एर्दोगान १ करोड १६ लाख फलोअर्ससहित पाँचौँ स्थानमा छन्।
48
Shares

प्रतिक्रिया