अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान देशको संसद्मा सम्बोधन गरेका छन्।
ट्रम्पले १ घण्टा ५० मिनेटको भाषणमा इरान, भारत-पाकिस्तान द्वन्द्व, भेनेजुएला प्रकरण, गाजा युद्धविराम, अमेरिकाले लगाएको भन्सार शुल्कलगायत विषयमा धारणा राखेका छन्।
ट्रम्पले बोलेका प्रमुख ६ बुँदा.
इरानलाई चेतावनी: ट्रम्पले भने, 'इरानले अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गर्न सक्छ। इरानले पहिले नै युरोप र विदेशमा रहेका अन्य अमेरिकी आधारका लागि खतरा निम्त्याउने क्षेप्यास्त्र विकास गरिसकेको छ। अमेरिकाले इरानको आणविक हतियार कार्यक्रम नष्ट गरिसकेको छ।'
भारत-पाकिस्तान द्वन्द्वमा दाबी: ट्रम्पले भारत-पाकिस्तानबिच युद्धविराम गराएर आफूले ३ करोड ५० लाख जनाको मृत्यु रोकेको दाबी गरेका छन्। उनले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफलाई उद्धृत गर्दै भनेका छन्, 'दुई देशबिचको आणविक युद्धले ३ करोड ५० लाख मानिसको ज्यान जान सक्थ्यो।'
गाजा युद्धविराम: ट्रम्पले गाजामा इजरायल-हमास युद्धविरामलाई सफलताको संज्ञा दिए। सबै इजरायली बन्धक रिहा गराइएको बताए।
महँगी र तेल उत्पादन: ट्रम्पले भने, 'डेमोक्र्याटहरू महँगीका लागि जिम्मेवार छन् र उनीहरूको नीतिले मूल्यमा तीव्र गिरावट ल्याइरहेको छ। अमेरिकामा तेल उत्पादन प्रतिदिन ६ लाख ब्यारेलभन्दा बढीले बढेको छ।'
शुल्क र व्यापार नीति: ट्रम्पले सर्वोच्च अदालतको ट्यारिफ फैसलालाई दुर्भाग्यपूर्ण भने र नयाँ १५ प्रतिशत विश्वव्यापी ट्यारिफका लागि आह्वान गरे।
ऊर्जा उत्पादन र भेनेजुएला: ट्रम्पले तेल र ग्यास उत्पादन बढाउन आह्वान गरे र भेनेजुएलालाई अमेरिकाको नयाँ मित्र भने।
Shares

प्रतिक्रिया