ग्लोबल


३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री बन्दै

३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री बन्दै

तारिक रहमान


नेपालखबर
फागुन १, २०८२ शुक्रबार ७:२७, काठमाडौँ

३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री हुने भएका छन।

सुरुमा बंगलादेशमा काजी जफर अहमद १९८८ मा प्रधानमन्त्री बनेका थिए।

त्यसपछि १९९१ देखि २०२४ सम्म शेख हसिना र खालिदा जिया आलोपालो प्रधानमन्त्री भइरहेका थिए।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक बिहीबार (फेब्रुअरी १२ तारिख) भएको संसदीय निर्वाचनले पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको हो।

हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएर गरिएको चुनावमा खालिदा जियाका छोरा तारिक रहमानको पार्टी बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। योसँगै  रहमान नै प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।

बीएनपीले २९९ सिटमध्ये १६५ सिट जितेको हो। दुई क्षेत्रमा चुनाव लडेका रहमानले पनि दुवै सिट जितेका छन्।

उनी बेलायतमा १७ वर्ष निर्वासित जीवन बिताएपछि गत डिसेम्बर २५ तारिख मात्र स्वदेश (बंगलादेश) फर्किएका थिए।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। अहिलेसम्म २०६ सिटको नतिजा सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad