युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन र शान्ति सम्झौताका लागि जनमत सङ्ग्रहको लागि मतदानको घोषणा गर्ने योजनालाई अस्वीकार गरेका छन्।
जेलेन्स्कीले पत्रकारहरूसँग भने, 'युक्रेनले आफ्नो मुलुकको सुरक्षा सुनिश्चितता र रुससँग युद्धविराम गरेपछि मात्र निर्वाचन गर्नेछ।'
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्भावित वार्ताबारे जेलेन्स्कीले भने, 'युक्रेन अमेरिकी पक्षले सुझाव दिएका स्थान (रुस र बेलारुसबाहेक कहीँ पनि) अर्थात् संयुक्त राज्य अमेरिका, युरोपमा, वा तटस्थ देशहरूमा वार्ताको लागि खुला छ।'
जेलेन्स्कीले थपे, 'अमेरिकी पक्षले युक्रेनलाई चुनावको लागि समय तालिकामा दबाब दिन सुरक्षा सुनिश्चितता गर्न सकेको छैन।'
राष्ट्रपति जेलेन्स्कीको यो टिप्पणी फाइनान्सियल टाइम्सको रिपोर्टपछि आएको हो।
जसमा उनले फेब्रुअरीमा चुनाव र जनमत सङ्ग्रहको योजना घोषणा गर्न चाहेको दाबी गरिएको छ।
रिपोर्टमा यो पनि भनिएको छ भने ट्रम्प प्रशासनले युक्रेनलाई मे १५ सम्ममा जनमत सङ्ग्रह गर्न दबाब दिएको छ र त्यसो गर्न असफल भएमा प्रस्तावित अमेरिकी सुरक्षा ग्यारेन्टीलाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया