जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ।
बीबीसीका अनुसार जापानको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेको हो। जबकि बहुमतका लागि २३३ सिट भए पुग्छ।
एलडीपी गठबन्धनले भने कुल ३५२ सिट जितेको छ।
एलडीपीको यो जित अहिलेसम्मकै ठुलो हो। यसअघि उसले सबैभन्दा बढी सन् १९८६ मा ३०० सिट जितेको थियो।
चुनाव जितेपछि प्रधानमन्त्री ताकाइचीले जापानलाई बलियो र समृद्ध बनाउन आफ्ना नीति अगाडि बढाउने बताएकी छन्।
आवश्यक परे आफू विपक्षीसँग काम गर्न तयार रहेको पनि बताएकी छन्।
यो जितसँगै प्रधानमन्त्री ताकाचीलाई माथिल्लो सदनमा विपक्षीको नियन्त्रण भए पनि कानुन पारित गर्ने शक्ति प्राप्त भएको छ।
177
Shares

प्रतिक्रिया