ग्लोबल


अमेरिकालाई यूएईको जवाफ: इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ

अमेरिकालाई यूएईको जवाफ: इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ

नेपालखबर
माघ १३, २०८२ मंगलबार ७:२४, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रबाट इरानविरुद्ध सैन्य हमला गर्न अनुमति नदिइने बताएको छ।

यूएईको विदेश मन्त्रालयले इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र, जमिन वा क्षेत्रीय जलक्षेत्र प्रयोग गर्न नदिने कुरा दोहोर्‍याएको हो।

विज्ञप्तिमा अगाडि भनिएको छ, 'यूएईले इरानविरुद्ध कुनै पनि सैन्य आक्रमणका लागि रसद सहयोग प्रदान गर्न अस्वीकार गर्दछ।'

गत हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीहरूमाथि दमन गरिएको भन्दै आफ्नो देशले इरानलाई नजिकबाट निगरानी गरिरहेको बताएका थिए।

साथै उनफे अमेरिकी सेनाको ठुलो टोली खाडीतर्फ अघि बढिरहेको पनि बताएका थिए।

खाडीमा रहेका धेरै अमेरिकी सैन्य अड्डामध्ये एक यूएईको राजधानी अबुधाबीनजिकै अल धाफ्रा एयर बेसमा हजारौँ अमेरिकी सेना तैनाथ छन्।

यूएईको विदेश मन्त्रालयले 'वार्ता, अन्तर्राष्ट्रिय कानुन पालना र राष्ट्रहरूको सार्वभौमिकताको सम्मान नै वर्तमान संकट सम्बोधन गर्ने प्रभावकारी माध्यम भएको' उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad