चीनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने भनी दिएको धम्कीको विरोध गरेको छ।
बीबीसीका अनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, 'चीन अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्दछ।'
पत्रकार सम्मेलनमा गरिएको प्रश्नको जवाफ दिँदै उनले थपिन्, 'हामीले सधैँ देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गरेका छौँ। हामी सबै देशको सार्वभौमसत्ता र सुरक्षा अन्तर्राष्ट्रिय कानुनअनुसार पूर्ण रूपमा कायम हुनुपर्छ भन्ने मान्यता राख्छौँ।'
इरानमा जारी विरोध प्रदर्शनका बीच ट्रम्पले इरानी सरकारलाई बारम्बार सैन्य हस्तक्षेपको धम्की दिइरहेका छन्।
ट्रम्पले हालै भनेका छन्, 'इरानी सरकारले सबै सीमा पार गरेको छ र अमेरिकाले विभिन्न विकल्पबारे विचार गरिरहेको छ।'
501
Shares

प्रतिक्रिया