अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले एक हप्ताअघि नै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई ‘आत्मसमर्पण’ गर्न आग्रह गरेको बताएका छन्।
ट्रम्पले फक्स न्युज टीभीसँग कुरा गर्दै ट्रम्पले मादुरोलाई भनेको भनी सुनाए, ‘तपाईंले हार मान्नुपर्नेछ, तपाईंले आत्मसमर्पण गर्नुपर्नेछ।’
शनिबार भेनेजुएलामा हवाई हमला गरी राष्ट्रपति मादुरोको दम्पती नै नियन्त्रणमा लिएको दाबीपछि ट्रम्पले उक्त कुरा बताएका हुन्।
उनले भेनेजुएलामा भएको आक्रमणमा अमेरिकी पक्षका केही व्यक्ति घाइते भए पनि कसैको मृत्यु नभएको पनि बताएका छन्।
ट्रम्पले फक्स न्युजसँग भनेका छान्, ‘हामी चार दिनअघि नै यो (आक्रमण) गर्नेवाला थियौँ, तर मौसम ठिक थिएन। अहिले अचानक मौसम सफा भयो र हमला गर्यौँ।’
उनले पक्राउ गर्ने बेला मादुरो ‘घरभन्दा किल्लाजस्तो चारैतिर स्टिलले घेरिएको घर’मा रहेको पनि बताएका छन्।
ट्रम्पले शनिबार भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समेत पक्राउ गरिएको दाबी गरेका छन् भने अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्।
Shares

प्रतिक्रिया