ग्लोबल


अमेरिकी राजदूत र ट्रम्पका ज्वाइँसँग १ घण्टा कुरा गरेपछि जेलेन्स्कीले भने: ‘नयाँ विचार’

अमेरिकी राजदूत र ट्रम्पका ज्वाइँसँग १ घण्टा कुरा गरेपछि जेलेन्स्कीले भने: ‘नयाँ विचार’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
पुस ११, २०८२ शुक्रबार ८:४५, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश र रुसबीच जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाका राजदूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुसनरसँग बिहीबार झन्डै एक घण्टा वार्ता गरेको बताएका छन्।

साथै उनलेे वार्ता 'सकारात्मक' भएको जनाउ पनि दिएका छन्। 

उनले भने, 'बिहीबार अमेरिकी राजदूत स्टिभ विटकफ र जारेड कुशनरसँग मेरो झन्डै एक घण्टा लामो वार्ता भयो यसले शान्ति कसरी प्राप्त गर्ने भन्नेबारे नयाँ विचार दिएको छ।'

फ्लोरिडामा अमेरिकी र युक्रेनी राजदूतबीच सहमति भएको २०-बुँदे शान्ति योजना बाहिर आएको एक दिनपछि जेलेन्स्कीले पनि युद्ध अन्त्य हुने आशा व्यक्त गरेका हुन्। 

त्यो बीसबुँदे शान्ति योजनालाई विटकफले केही हप्ताअघि तयार पारेको प्रारम्भिक मस्यौदाको अद्यावधिक मानिन्छ।

रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले अमेरिकाबाट आएका प्रस्तावको विश्लेषण गरिरहेको बताएको छ।

अमेरिकाका राष्ट्रपति ट्रम्प र उनका राजदूतले गत फेब्रुअरी २०२२ देखि जारी रुस-युक्रेन युद्ध अन्त्यका लागि दुवै पक्षसँग वार्ता गरिरहेका छन्।

सम्भावित शान्ति सम्झौताबारे हालका दिनहरूमा प्रगति देखिएको पनि छ।

बीबीसीका अनुसार बिहीबार अमेरिकी राजदूतसँग विस्तृत रूपमा कुराकानी गर्दै जेलेन्स्कीले यो आफ्नो देशको कूटनीतिका लागि ‘व्यस्त दिन’ भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad