ग्लोबल


बंगलादेशमा हिन्दु युवकको हत्या : सात जना गिरफ्तार

बंगलादेशमा हिन्दु युवकको हत्या : सात जना गिरफ्तार

बंगलादेशमा फेरि हिंसा भड्किएको छ। विरोध प्रदर्शनमा सहभागी एक युवक।


नेपालखबर
पुस ५, २०८२ शनिबार १५:३८, काठमाडौँ

बंगलादेशको मयमनसिंह जिल्लामा एक हिन्दु युवकको हत्या घटनामा सात जनालाई पक्राउ गरिएको छ।

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले शनिबार उक्त जानकारी दिएका हुन्। 

सरकार प्रमुख युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, "र्‍यापिड एक्सन बटालियन (आरएबी) ले मयमनसिंहको भालुका क्षेत्रमा २७ वर्षीय दिपु चन्द्र दासको हत्या घटनामा सात जना सन्दिग्धलाई पक्राउ गरेको छ।" 

भालुका प्रहरी चौकीका ड्युटी अफिसर रिपोन मियाले बीबीसी बंगलालाई बताएअनुसार युवकलाई कुटपिट गरी हत्या गरिएको थियो।मारिसकेपछि पनि उनको शवलाई रुखमा बाँधेर आगो लगाइएको थियो।

बंगलादेश सरकारको विज्ञप्तिअनुसार यी हुन् पक्राउ परेका व्यक्ति:

-मोहम्मद लिमन सरकार (१९)

-मोहम्मद तारिक हुसेन (१९)

-मोहम्मद मानिक मिया (२०)

-इर्शाद अली (३९)

-निजुम उद्दिन (२०)

-आलमगीर हुसेन (३८)

-मोहम्मद मिराज हुसेन अकोन (४६)

गत वर्ष बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलनका एक प्रमुख नेता सरिफ उस्मान हादी गत हप्ता मारिएपछि त्यहाँ फेरि हिंसा भड्किएको हो। 

उनी बंगलादेशमा आगामी फेब्रुअरीका लागि घोषित चुनावका एक सम्भावित उम्मेदवार थिए। त्यही चुनाव प्रचार क्रममा हादीलाई यही डिसेम्बर १२ मा गोली हानिएको थियो। 

उपचारका लागि सिंगापुर लगिए पनि गत बिहीबार उनको मृत्यु भयो। 

त्यसलगत्तै बंगलादेशमा तोडफोड र आगजानी सुरु भएको हो। त्यही क्रममा हिन्दु युवकलाई कुटीकुटी मारिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad