नेकपा एमालेले ११औँ महाधिवेशनका लागि मनोनीत हुने १०८ जना प्रतिनिधिको नाम टुंग्याउन हम्मेहम्मे परेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार ५ प्रतिशत मनोनित गर्ने निर्णय गरेको छ। तर, सहमति नजुट्दा प्रतिनिधिहरूको नाम टुंगिन सकेन।
मनोनीत हुनेहरूको नाम टुंग्याउने जिम्मा बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको एक नेताले बताए।
प्रस्तावित नामबाट अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले सहमतिका आधारमा टुंगो लगाउने उनले बताए।
एमालेको विधानतमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ। महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन्। १०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुगेको छ।
798
Shares

प्रतिक्रिया