ग्लोबल


जेलेन्स्कीले अझै प्रस्ताव नपढेकामा म अलि निराश छु : ट्रम्प

जेलेन्स्कीले अझै प्रस्ताव नपढेकामा म अलि निराश छु : ट्रम्प

नेपालखबर
मंसिर २२, २०८२ सोमबार ८:३४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्ने प्रस्ताव अझै नपढेकामा आफू अलि निराश भएको बताएका छन्। 

ट्रम्पले आइतबार भने, ‘हामीले रुसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेका छौँ। राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव नपढेकामा म अलि निराश छु।’

उनले थपे, ‘रुस यसमा सहमत छ, तर मलाई लाग्दैन कि जेलेन्स्की सहमत छन्। उनका मानिसहरूलाई यो मन पर्छ, तर उनी तयार छैनन्।’

रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्न निरन्तर वार्ता भइरहेको छ। यसैबीच युक्रेनमा रुसले बमबारी जारी राखेको रिपोर्ट प्राप्त भएको बीबीसीले जनाएको छ। 

रुसले शनिबार राति युक्रेनमा हवाई आक्रमण सुरु गरेको छ। युक्रेनी औद्योगिक सहर क्रेमेनचुकका मेयरले सहरमा "ठूलो स्तरको" आक्रमण भएको बताएका छन्। 

यसैबीच रुसी रक्षा मन्त्रालयले विभिन्न क्षेत्रमा ७७ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad