पाकिस्तानी सेनाले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध कडा नीति लिने संकेत दिएको छ।
पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) नियुक्त गरिएको केही घण्टापछि सैनिक प्रवक्ता जनरल अहमद सरिफ चौधरीले इमरान खानविरुद्ध बोलेका हुन्।
चौधरीले भने, 'इमरान खान राष्ट्रिय सुरक्षाका लागि खतरा बनेका छन्।'
चेतावनी दिँदै उनलेे अगाडि भने, 'कसैलाई पनि सेनाविरुद्ध मानिसहरूलाई उक्साउने अनुमति छैन।'
शुक्रबार जनरल सरिफ चौधरीले कि इमरान खान र उनको पार्टीले सेनाविरुद्ध बोल्ने क्रमले सीमा नाघेको आरोप लगाए।
उनले भने, 'यसले अब राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतरा निम्त्याउँछ, जसलाई सेनाले सम्बोधन गर्न आवश्यक ठानेको छ।'
उनले इमरान खानलाई मानसिक रूपमा बिरामीको आक्षेप लगाउँदै उनको राजनीतिक एजेन्डा सेनाविरोधी भएको जिकिर गरे।
भ्रष्टाचार मुद्दामा इमरान खान हाल जेलमा छन्।
Shares

प्रतिक्रिया