ग्लोबल


शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दाको फैसला आज

शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दाको फैसला आज

फाइल : तस्बिर


नेपालखबर
मंसिर १, २०८२ सोमबार ७:३३, काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको 'मानवताविरुद्धको अपराध' मुद्दामा अदालतले आज (सोमबार) फैसला सुनाउँदै छ। 

बीबीसी बंगला सेवाका अनुसार, न्यायाधिकरणको रजिस्ट्री कार्यालयले आज बिहान ११ बजे (स्थानीय समय) फैसला सुनाउने जानकारी दिएको छ।

अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ।

यसैबीच सर्वोच्च अदालतले फैसला गर्नुअघि न्यायाधिकरणमा सुरक्षा कडा पार्न सेना तैनाथ गर्न सेना परिचालन गर्न सेनालाई पत्र लेखेको छ।

शेख हसिना र अन्य तीन अभियुक्तविरुद्धको मुद्दाको फैसला बंगलादेश टेलिभिजन (बीटीभी) ले प्रत्यक्ष प्रसारण गर्नेछ।

बंगलादेशमा सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिनाको १५ वर्षे लामो शासन अन्त्य भएको थियो। 

भिडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन्। अहिले उनी भारतमा लुकेर बसेकी छन्।  

संयुक्त राष्ट्रसंघका अनुसार हसिनाले विद्यार्थी आन्दोलन दबाउने क्रममा १ हजार ४०० मानिस मारिएका थिए। उनीविरुद्धको मुद्दाको केन्द्र विषय यही हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad