ग्लोबल


बिहार चुनाव मतगणना अपडेट : भाजपा सम्मिलित एनडीएको अग्रता

बिहार चुनाव मतगणना अपडेट : भाजपा सम्मिलित एनडीएको अग्रता

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १०:२०, काठमाडौँ

बिहार चुनावको मतगणना जारी छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (भाजपा) सम्मिलित एनडीएले बलियो अग्रता लिइरहेको छ।

भारतीय निर्वाचन आयोगका अनुसार, एनडीएले ८० सिटमा अग्रता लिइरहेको छ भने महागठबन्धन २९ सिटमा अगाडि छ।

आरजेडीबाहेक महागठबन्धनका कुनै पनि दल  अहिलेसम्म दोहोरो अंकमा पुग्न सकेका छैनन्।

राज्यका २४३ विधानसभा सिटका लागि मुख्य प्रतिस्पर्धा सत्तारुढ एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) र महागठबन्धनबीच छ।

एनडीएका प्रमुख दलहरूमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (भाजपा), लोक जनशक्ति पार्टी (एलजेपी) र हिन्दुस्तानी अवम मोर्चा (एचएएम) छन्।

महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कंग्रेस, विकासशील इन्सान पार्टी (भीआईपी), वामपन्थी दल र भारतीय समावेशी पार्टी (आईआईपी) छन्।

बिहार विधानसभा चुनावको मतदान नोभेम्बर ६ र ११ मा दुई चरणमा गरिएका थिए।

जसको मतगणना आज बिहान ८ बजेदेखि राज्यका ३८ जिल्लाका ४६ मतगणना केन्द्रमा भइरहेको हो।

यसका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। अधिकारीहरूले मतगणनाका कारण शुक्रबार पटनाका सबै विद्यालय बन्द गरिएकव बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad