ग्लोबल


गाजामा युद्धविराम गर्न ट्रम्प र नेतन्याहुबीच सहमति, हमासले स्वीकार गर्ने सम्भावना कति?

गाजामा युद्धविराम गर्न ट्रम्प र नेतन्याहुबीच सहमति, हमासले स्वीकार गर्ने सम्भावना कति?

नेपालखबर
असोज १४, २०८२ मंगलबार १०:५७, काठमाडौँ

गाजामा शान्ति स्थापना गर्ने विषयमा ​​अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सहमति भएको छ।

साथै उनीहरूले यसमा सहमत हुन हमासलाई पनि आग्रह गरेका छन्।

यो योजनाअन्तर्गत गाजामा सैन्य कारबाही तत्काल रोक्ने प्रस्ताव गरिएको छ।

अनि हमासले ७२ घण्टाभित्र २० जीवित इजरायली बन्धक रिहा गर्नुपर्ने र मृत मानिएका लगभग २० बन्धकको शव फिर्ता गर्नुपर्ने उल्लेख छ। 

युद्धविराम वार्ताका जानकार एक प्यालेस्टिनी स्रोतले बीबीसीलाई बताएअनुसार हमासका अधिकारीहरूले अमेरिकाका राष्ट्रपतिको कार्यालयमा २० बुँदे प्रस्ताव पेस गरेका छन्।

यसअनुसार, गाजाको शासनमा हमासको कुनै भूमिका हुनेछैन। यसले प्यालेस्टिनी राष्ट्रको ढोका खोल्नेछ।

ट्रम्पले ह्वाइट हाउसमा यो योजनालाई ‘शान्तिका लागि ऐतिहासिक दिन’ भनेर वर्णन गरेका छन्। तर सँगसँगै उनले यसमा हमास सहमत नभए अमेरिका नेतन्याहुको साथमा उभिने चेतावनी पनि दिएका छन्। 

नेतन्याहुले हमासले योजना अस्वीकार गरेन भने ‘इजरायलले परिणाम अन्त्यसम्म पुर्‍याउने’ बताएका छन्। 

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा शासन गर्ने प्यालेस्टिनी अधिकारीहरूले अमेरिकाका राष्ट्रपतिको प्रयासलाई गम्भीर र दृढ भनेका छन्।

डब्लूएएफए न्युज एजेन्मा जारी गरिएको विज्ञ अनुसार, प्यालेस्टिनी प्राधिकरणले प्रस्तावले ‘युद्ध अन्त्य गर्ने, गाजामा पर्याप्त मानवीय सहायता सुनिश्चित गर्ने र बन्धक तथा कैदीहरूलाई रिहा गर्ने प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ’ भनेको छ। 

एक प्यालेस्टिनी स्रोतले बीबीसीसँग ‘कतार र इजिप्टका अधिकारीहरूले दोहामा हमासका अधिकारीहरूलाई ह्वाइट हाउस योजना हस्तान्तरण गरेको’ बताएको छ। 

यसअघि हमासका एक वरिष्ठ अधिकारीले आफूहरू युद्ध अन्त्य गर्न सक्ने कुनै पनि प्रस्तावमा विचार गर्न तयार रहेको बताएका थिए। 

तर उनले कुनै पनि सम्झौताले प्यालेस्टिनी हितको रक्षा, इजरायली सेनाको पूर्ण फिर्ता सुनिश्चित र युद्ध अन्त्य हुनुपर्ने पनि बताएका थिए। 

हमासको हतियार कब्जाबारे अधिकारीले भनेका छन्, ‘जबसम्म प्यालेस्टिनी क्षेत्रमा कब्जा जारी रहन्छ, हतियारहरू यसविरुद्ध रेड लाइन्स हुन्।’

उनले थपे, ‘हतियारको मुद्दालाई १९६७ को सीमानामा आधारित स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापनाको ग्यारेन्टी गर्ने राजनीतिक समाधानको अंशका रूपमा मात्र छलफल गर्न सकिन्छ।"’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad