ग्लोबल


मोदीका विषयमा भाजपा र कंग्रेस कार्यकर्ताबीच हिंसात्मक झडप (भिडिओ)

मोदीका विषयमा भाजपा र कंग्रेस कार्यकर्ताबीच हिंसात्मक झडप (भिडिओ)

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १३:२४, काठमाडौँ

भारतीय राज्य बिहारको राजधानी पटनामा भारतीय जनता पार्टी र कंग्रेसका कार्यकर्ताबीच शुक्रबार हिंसात्मक झडप भएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरिएको विरोधमा पटनास्थित कंग्रेस कार्यालयबाहिर भाजपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका थिए। त्यही क्रममा दुई दलका कार्यकर्ताहरूबीच झडप भएको हो। 

सार्वजनिक भिडिओमा कंग्रेस र भाजपा कार्यकर्तहरूले एकअर्कामाथि लाठी हानिरहेको देखिन्छ। 

बिहीबार बिहारको दरभंगामा आयोजित कंग्रेसको कार्यक्रममा प्रधानमन्त्री मोदीविरुद्ध सार्वजनिक मञ्चबाटै 'अपमानजनक टिप्पणी' गरेको आरोप भाजपाले लगाएको छ।

बिहीबार दरभंगामा कंग्रेस नेता राहुल गान्धीको मतदाता अधिकार यात्राअन्तर्गत सभा आयोजना गरिएको थियो। त्यस क्रममा एक व्यक्तिले मञ्चबाट प्रधानमन्त्री मोदीको अपमान हुने टिप्पणी गरेको बताइएको छ। उनलाई बिहारको दरभंगा जिल्लाबाट प्रहरीले गएराति पक्राउ गरिसकेको छ। उनको नाम मोहम्मद रिजवी उर्फ ​​राजा हो। उनी जीप चालक हुन्। उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad