म्यानमारका सैन्य सरकार प्रमुख जनरल मिन आङ ह्लाइङले डिसेम्बर २८ मा आम चुनाव गर्ने घोषणा गरेका छन्।
म्यानमारमा सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता पहिलोपटक निर्वाचन हुन लागेको हो।
त्यस वर्ष म्यानमारमा सेनाले सत्ता हातमा लिँदै लोकतान्त्रिक रूपमा निर्वाचित नेतृ आङ सान सुकीलाई जेल हालेको थियो।
सैन्य सरकारका प्रमुख ह्लाइङले चुनाव ‘स्वतन्त्र र निष्पक्ष’ हुने दाबी गरेका छन्। तर यो कुरा अन्तर्राष्ट्रिय समुदायले पत्याएको छैन।
आलोचकहरूले यो चुनाव केवल सेनाले आफ्नो शक्ति बलियो बनाउन ढोंग गर्न खोजेको टिप्पणी गरेका छन्।
म्यानमार २०२१ यता गृहयुद्धजस्तो अवस्थामा छ, जहाँ सेना र जातीय सशस्त्र समूहबीच घातक द्वन्द्व जारी छ।
यीमध्ये धेरै समूहले आफ्नो क्षेत्रमा मतदान गर्न नदिने बताएका छन्।
216
Shares

प्रतिक्रिया