ad ad

ग्लोबल


भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

नेपालखबर
साउन २७, २०८१ आइतबार ९:२९, काठमाडौँ

भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ।

लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

पीटीआईका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन्।

पूर्वकांग्रेस सांसद र राज्यसभा सदस्य नटवर सिंह तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको नेतृत्वमा रहेको यूपीए-१ सरकारको अवधिमा २००४-०५ को अवधिमा भारतका विदेशमन्त्री थिए।

सिंहलाई सन् १९८४ मा पद्मभूषण प्रदान गरिएको थियो।

नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए, जसका कारण उनी निकै विवादमा तानिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .