ad ad

ग्लोबल


भारतीय विधानसभा उपचुनावको मतगणना जारी, जालन्धर पश्चिम सिटमा आम आदमी पार्टी विजयी

३७ हजारभन्दा बढी मतान्तरले हार्‍यो भाजपा
भारतीय विधानसभा उपचुनावको मतगणना जारी, जालन्धर पश्चिम सिटमा आम आदमी पार्टी विजयी

विजयी मोहिन्दर भगत


नेपालखबर
असार २९, २०८१ शनिबार १३:१२, काठमाडौँ

भारतका ७ राज्यका १३ विधानसभा सिटमा भएको उपनिर्वाचनको मतगणना जारी छ।

भारतीय निर्वाचन आयोगले अहिलेसम्म पन्जाबको जालन्धर पश्चिम सिटको मात्रै नतिजा आधिकारिक रूपमा घोषणा गरेको छ।

यस सिटमा आम आदमी पार्टीका उम्मेदवार मोहिन्दर भगत विजयी भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार शीतल अंगुराललाई ३७ हजारभन्दा बढी मतान्तरले हराएका हुन्। यो सिटमा कांग्रेसकी सुरिंदर कौर तेस्रो भएकी छन्।

निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ५ घण्टापछि भाजपा १ सिटमा अगाडि छ। यो सिट हिमाचल प्रदेशको हमिरपुर विधानसभा सिट हो।

यसबाहेक कांग्रेस ५ तथा टीएमसी पश्चिम बंगालका सबै ४ सिटमा अगाडि भइरहेका छन्।

जेडीयू र डीएमके एक–एक सिटमा अगाडि छन्।

विधानसभाको उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन्। 

यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पन्जाबका एक/एक विधानसभा सिटका लागि भएको उपचुनावको आज बिहान ८ बजेदेखि मतगणना जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .