ad ad

ग्लोबल


भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी अस्पताल भर्ना

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी अस्पताल भर्ना

फाइल तस्बिर : भाजपाका वरिष्ठ नेता तथा भारतका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी


नेपालखबर
असार १३, २०८१ बिहिबार ९:२८, काठमाडौँ

भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा भारतका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई बुधबार राति दिल्लीको एम्स अस्पताल भर्ना गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ९६ वर्षीय आडवाणीलाई एम्सको निजी वार्डमा भर्ना गरिएको हो।

अस्पतालको युरोलोजी विभागका डाक्टरहरूले उनको उपचार गरिरहेका छन्।

आडवाणीलाई के कारणले भर्ना गरिएको हो भन्ने विषयमा अहिलेसम्म कुनै ठोस जानकारी नआएको बीबीसी हिन्दीले जनाएको छ। 

उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .