ad ad

कला


प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा

प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा

नेपालखबर
असार १३, २०८१ बिहिबार ९:४०, काठमाडौँ

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा रिलिज भएको छ।

प्रभास स्टारर यस फिल्मलाई क्यूएफएक्सलगायत मल्टिप्लेक्स हलहरूले उत्साहजनको शो दिएका छन्।

प्रभास स्टारर यस फिल्मलाई आरआर फिल्म्सले नेपाल भित्र्याएको हो।

रोहित कट्टेल र रत्न शाक्यको आर आर फिल्म्सले यस फिल्मको वितरणसँगै आधिकारिक रूपमा हिन्दी चलचित्रको वितरण गर्न थालेको हो।

यस फिल्ममा प्रभाससहित दीपिका पादुकोण, अमिताभ बच्चन,कमल मुख्य भूमिकामा छन्।

नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

यो फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीलगायत धेरै भाषामा रिलिज भएको हो।

सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .