ग्लोबल


फ्रान्सका राष्ट्रपति म्याक्रोनले गरे संसद् विघटन

फ्रान्सका राष्ट्रपति म्याक्रोनले गरे संसद् विघटन

नेपालखबर
जेठ २८, २०८१ सोमबार ६:१७, काठमाडौँ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन्। 

बीबीसीका अनुसार युरोपेली संसदको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्‍यालीले ठूलो जित हासिल गरेपछि उनले संसद् भंग गर्दै यस महिनाको अन्त्यमा संसदीय निर्वाचन गर्ने घोषणा गरेका हुन्। 

राष्ट्रपति म्याक्रोनले पेरिस ओलम्पिकभन्दा केही साताअघि जुन ३० र जुलाई ७ गरी दुई चरणको मतदान हुने बताएका छन्। 

फ्रान्सको ईयू चुनावमा मतदान बन्द भएको र एक्जिट पोल घोषणा भएको एक घण्टापछि एलिसी प्यालेसबाट टेलिभिजनबाट म्याक्रोनले नाटकीय र आश्चर्यजनक रूपमा उक्त निर्णय सुनाएका हुन्। 

एक्जिट पोलले दक्षिणपन्थी पार्टीले ३२ प्रतिशत भोट जित्ने बाटोमा रहेको देखाएको छ। जुन राष्ट्रपतिको रेनसेन्स पार्टीको भन्दा दोब्बर बढी मत हो।

राष्ट्रिय र्‍यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले संसदीय निर्वाचनको आह्वान गर्न राष्ट्रपतिलाई खुलेर आग्रह गरेपछि म्याक्रोनले चुनावको घोषणा गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad