भारतको विपक्षी दल कंग्रेसको विस्तारित कार्यसमितिको बैठक आज (शनिबार) बस्दै छ। यसमा २०२४ को लोकसभा चुनावको नतिजा र कांग्रेसको भावी रणनीतिबारे छलफल हुनेछ।
अहिले दिउँसो १ बजे सुरु हुने बैठकको अध्यक्षता पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गेले गर्नेछन्।
बैठकमा चुनावी नतिजाबारे छलफल हुने कांग्रेस वरिष्ठ नेता राजीव शुक्लाले बताए।
राहुल गान्धी संसद्मा विपक्षी दलको नेता बन्छन् भन्ने प्रश्नमा उनले भने, ‘यो राहुल गान्धीमा भर पर्छ। तर हामी उहाँलाई संसदमा यो पदमा राख्न चाहन्छौं। यो सरकार कमजोर छ। भाजपा सरकार गठबन्धन हो। भाजपाले स्पष्ट जनादेश पाएको छैन। यस्तो सरकारसँग धेरै किसिमका बाध्यता हुन्छन्। जनताले कडा प्रतिपक्ष दिएका छन्, जसले आफ्नो जिम्मेवारी वहन गर्नेछ।’ बीबीसी हिन्दी
456
Shares
प्रतिक्रिया